काठमाडौं । आज ३०४ औं पृथ्वी जयन्ती, देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय दिवसको अवसरमा आज बिहान सिंहदरबारको पश्चिम गेटस्थित पृथ्वी नारायण शाहको सालिकमा राष्ट्रपति रामचन्द्र पौडेलले माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे।
यस समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाश मान सिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, उपाध्यक्ष बिमला घिमिरे र नेपाल सरकारका मन्त्रीहरू पनि उपस्थित थिए।
त्यसैगरी मुख्यसचिव सुमन राज अर्याल, उच्च सरकारी अधिकारीहरू, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखहरू र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले पनि राष्ट्रनिर्माता शाहप्रति श्रद्धाञ्जली अर्पण गरे।




