काठमाडाैं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगितको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले मंगलबार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ६ गतेदेखि हुन लागेको प्रत्यक्षतर्फको मनोनयन दर्ताको सम्पूर्ण कार्यक्रम रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।
रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाइएको छ। संसद् विघटनको माग गर्दै यसअघि दायर भएको रिट सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको र उक्त रिटलाई प्रभावित बनाउने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको रिट निवेदकको दावी छ।




