काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। मन्त्री गुप्ताले फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनावमा भाग लिन आफ्नो पदबाट राजीनामा दिएका हुन्।
जेन–जी आन्दोलनको समर्थनमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले कात्तिक ९ गते गुप्तालाई खेलकुद मन्त्री नियुक्त गरेको थियो।
गुप्ता रास्वपाबाट सिराहामा चुनाव लड्ने तयारीमा छन्। तर पार्टीले हालसम्म उनलाई टिकट दिएको छैन। यसअघि अमेरिका भ्रमणलाई लिएर विवादमा परेका गुप्ताप्रति प्रधानमन्त्री सुशीला कार्की असन्तुष्ट रहेको बताइएको छ।




