काठमाडौं । आगामी फागुन २१ को निर्वाचनमा धादिङ–२ मा रास्वपाबाट उम्मेदवार बनेकी आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छन् । सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा उनले उम्मेदवारी फिर्ता लिन लागेको भन्ने चर्चा चुलिएपछि तामाङले त्यसको खण्डन गरेकी हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै तामाङले बाहिर आएका हल्लाहरूमा कुनै सत्यता नभएको र आफू चुनावी मैदानमा दृढ रहेको बताएकी छिन्। उनले लेखेकी छिन्-
हल्ला को पछि नलागौं
चुनाब जित्न उठेको म उम्मेद्बारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउछु म




