नेपालगञ्ज । झापा-५ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह नेपालगञ्ज पुगेका छन् ।
पूर्वी पहाडका जिल्लाहरूमा चुनावी राप बढाएर काठमाडौं फर्किए लगत्तै उनी सुदूरपश्चिम लक्षित अभियानका लागि बाँके पुगेका हुन्। नेपालगञ्ज विमानस्थलमा उनलाई स्वागत गर्न समर्थकहरूको यति ठूलो भीड जम्मा भयो कि सुरक्षाकर्मीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो। बालेन आजै बर्दिया प्रस्थान गर्ने तालिका छ।
राजनीतिको केन्द्र मानिने काठमाडौं महानगरको बागडोर छाडेर झापा-५ बाट प्रतिनिधिसभाको चुनावी मैदानमा उत्रिएका बालेन शाहको पछिल्लो सक्रियताले राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। आइतबार काठमाडौंमा सघन राजनीतिक भेटघाट सकेका बालेन सोमबार बिहानै नेपालगञ्ज ओर्लिएका छन्। रास्वपाको वरिष्ठ नेताका रूपमा उनले बाँके र बर्दियाका मतदातासँग संवाद गर्नेछन्। उनको यो पश्चिम यात्रालाई आगामी निर्वाचनमा आफ्नो शक्ति प्रदर्शन गर्ने रणनीतिको रूपमा हेरिएको छ।




