काठमाडौं । बालेन शाहकाे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।
मस्तिष्क पक्षघात भएपछि उनलाई हाल काठमाडौँको धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियाे । ४३ वर्षीय सिटौलालाइ चिकित्सकले आज १२ः४५ बजे मृत घोषणा गरेका हुन् ।
रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारका लागि अछाम पुगेका सिटौला अचानक बेहोस भएर लडेका थिए । लड्ने क्रममा टाउकोमा गम्भीर चोट लागेका उनलाई नेपाली सेनाको हेलिकप्टरबाट तत्काल काठमाडौँ ल्याइएको थियो । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ ।




