काठमाडौं, फागुन ७ । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी प्रदेशमा अधिकांश बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ। हाल तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
आज दिउँसो देशका पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु/कुहिरो रहनेछ।
यस्तै, राती देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती प्रदेशको तराई र मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ ।




