काठमाडौं, फागुन ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अस्वस्थ भएपछि बिहीबार साँझ सुर्खेतबाट थप उपचार र आरामका लागि काठमाडौँ फर्किएका छन् । सुर्खेतमा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई चिकित्सकको सल्लाहअनुसार हवाई मार्गबाट राजधानी पठाइएको हो।
उनको स्वास्थ्य अवस्थाका कारण शुक्रबार दाङको घोराहीमा तय गरिएको विशेष प्रदेशस्तरीय चुनावी कार्यक्रममा उहाँको सहभागिता अन्योलमा परेको छ। यद्यपि, स्वास्थ्यमा सुधार आएमा उनी भैरहवाको कार्यक्रममा सहभागी हुने जनाइएको छ।
दाङमा बालेन शाह र पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने तालिका रहेकाले त्यहाँका समर्थकहरूमा ठूलो उत्साह थियो। यसअघि बिहीबार नै उनकै उपस्थितिमा रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आफ्नो ‘१०० बुँदे संकल्प’ सार्वजनिक गरेको थियो।




