सङ्खुवासभा, फागुन १० । सङ्खुवासभा जिल्लाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ७:३१ बजे ४.१ म्याग्निच्युडको भूकम्प रेकर्ड गरिएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिए तापनि यसबाट भएको क्षतिबारे हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन।




