रौतहट, फागुन १० । रौतहटको गौर-६ सवगढामा शनिबार दुई समुदायबीच उत्पन्न विवादका कारण जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रमा पुनः निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आइतबार बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा भन्सार क्षेत्रभित्र निषेधाज्ञा लागू गरिएको हो।
शनिबार दिउँसोदेखि लगाइएको यो बन्देज आइतबार बिहान केही समय खुकुलो पारिए पनि स्थितिलाई नियन्त्रणमा राख्न पुनः कडाइ गरिएको प्रशासनले जनाएको छ।




