काठमाडौं, फागुन १७ । मध्यपूर्वमा उत्पन्न तनावका कारण हवाई उडान रद्द भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रुहरूलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी सङ्घले निःशुल्क खाना र बस्नको व्यवस्था गर्ने भएको छ।
सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालका अनुसार, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निर्देशन र “अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्नुपर्छ” भन्ने उद्देश्यका साथ यो निर्णय गरिएको हो। सङ्घले समस्यामा परेका सबै यात्रुहरूलाई संस्थामा सम्पर्क गर्न आग्रह समेत गरेको छ।




