काठमाडौं, फागुन १९ । प्रतिनिधिसभा निर्वाचनको संघारमा राजधानीका दुई छुट्टाछुट्टै स्थानमा सवारी साधनमा आगजनी भएकाे छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार महाराजगन्जस्थित राजधानी पेट्रोल पम्प नजिकै बा.७ च १४०१ नम्बरको मारुती भ्यान र नैकापस्थित सिप्रदी ट्रेडिङ्ग कार्यालय नजिकै बा.ए २८३६ नम्बरको टोयोटा कारमा आगो लगाइएको फेला परेको हो।
प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार घटनास्थलबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहसँग सम्बन्धित पर्चाहरू समेत बरामद भएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी सामाजिक अस्थिरता र त्रास सिर्जना गर्ने उद्देश्यले यी घटनाहरू गराइएको प्रारम्भिक अनुमान गर्दै प्रहरीले यस विषयमा अनुसन्धान अघि बढाएको छ।




