काठमाडौं, फागुन १९ । आगामी निर्वाचनको मिति र ग्रहणको समयलाई जोडेर ‘अनिष्ट’ हुने भविष्यवाणी गरेका ज्योतिषी रुद्रनाथ अधिकारीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।
उनलाई आइतबार मच्छेगाउँस्थित आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनकी श्रीमती लक्ष्मी अधिकारीका अनुसार १० मिनेट कुरा गर्ने भन्दै लगेको प्रहरीले पछि ‘सम्मानका साथ राखिने र आज पठाउन नमिल्ने’ जानकारी दिएको थियो। बिनापूर्जी पक्राउ गरिएको भन्दै ज्योतिषी समुदायले यसको विरोध गरेका छन् भने अदालतहरू बन्द भएकाले हालसम्म कानुनी प्रक्रिया अघि बढ्न सकेको छैन।
निर्वाचन बिथोल्ने खालका गतिविधि र भ्रम फैलाएको आशंकामा उनलाई अनुसन्धानका लागि राखिएको बुझिएको छ।




