काठमाडौं, फागुन २७ । चितवन क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। निर्वाचन आयोगमा बुझाइएको प्रतिवेदन अनुसार उहाँले यस पटकको चुनावी अभियानमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च गरेका छन्।
खर्चको मुख्य अंशहरू यस प्रकार छन् –
इन्धन र यातायात: २ लाख ९५ हजार रुपैयाँ (हवाई यात्रा खर्च १३,६२६ रुपैयाँसहित)
प्रचार सामग्री: १ लाख १२ हजार रुपैयाँ (थप ब्यानर र स्टिकरमा ५५ हजार रुपैयाँ)
खानपिन र खाजा: १ लाख ९६ हजार रुपैयाँ (मतदाता शिक्षा खाजा खर्च १४,२०० रुपैयाँसहित)
सभा तथा बैठक: १ लाख ८० हजार रुपैयाँ
अन्य खर्च: नमुना मतपत्र छपाइमा ६८,१६१ रुपैयाँ र वडास्तरीय प्रचारमा ४६ हजार रुपैयाँ खर्च भएको छ।
आयोगको नियम अनुसार निर्वाचन सम्पन्न भएपछि उम्मेदवारले आफ्नो चुनावी खर्चको पूर्ण विवरण पेश गर्नुपर्ने प्रावधान अन्तर्गत लामिछानेले यो तथ्याङ्क सार्वजनिक गरेका हुन्।




