काठमाडौं, फागुन २७ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना कार्य पूर्ण रूपमा सम्पन्न भएको जनाएको छ। गोरखा-१ र इलाम-१ को अन्तिम मतपरिणाम आएसँगै गणना सकिएको र अब सिट बाँडफाँटको प्रक्रिया सुरु गरिएको आयोगले जानकारी दिएको छ।
कुल १ करोड ७ लाख ३९ हजार ११५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाख ३९ हजार २३५ मतका साथ पहिलो स्थानमा रहेको छ। त्यसैगरी नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेकपा (एमाले) ले १४ लाख ४८ हजार ८५४ र नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ५ हजार ७७३ मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टी र राप्रपाले पनि उल्लेखनीय मत पाए पनि अन्य साना दलहरूले भने प्रतिनिधि चयनका लागि आवश्यक न्यूनतम ‘थ्रेसहोल्ड’ कटाउने सम्भावना न्यून देखिएको छ।




