काठमाडौं, चैत्र १ । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदहरूको नामावली टुङ्गो लगाएको छ।
पार्टीका नेता हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत निर्वाचन आयोगमा बुझाइएको अन्तिम नामावली सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्।
सार्वजनिक विवरण अनुसार आदिवासी जनजाति महिलातर्फ पूर्णप्रसाद लिम्बू, खस आर्य महिलाबाट अम्बिकादेवी संग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेशी महिलाबाट रुवीकुमारी ठाकुर सांसदमा सिफारिस भएका छन्। प्रत्यक्षतर्फ ३ सिट जित्न सफल भएको यस पार्टीले अब समानुपातिकका थप ४ सदस्यसहित संसद्मा आफ्नो उपस्थिति जनाउने भएको छ।





