काठमाडौं, चैत्र ६ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ।
कोशी, मधेश, गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेशको धेरै स्थानहरू र बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /असिना/हावाहुरी सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेको एक-दुई स्थानमा भारी वर्षा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको र प्रिमनसुनको समयमा अपरान्ह पछाडी हावाहुरीको पनि सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन र सावधानी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी , लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा बागमती, मधेश लगायत कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना/हावाहुरी सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको छ।
राती देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेश, गण्डकी, कर्णाली, सुदुरपश्चिम प्रदेशको धेरै स्थानहरू, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /असिना/हावाहुरी सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।




