• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

पोखरामा ‘टिकट काटेर हेर्नलायक’ फोहोर प्रशोधन केन्द्र बन्दैछ -मेयर धनराज आचार्य


  •   शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित
  • काठमाडौं, चैत्र ६ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा हालै देखिएको फोहोरमैलाको समस्या समाधानको बाटोमा गएको बताउनुभएको छ ।

    Advertisement

    अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र हालैका आन्दोलनका कारण सिर्जित फोहोरले व्यवस्थापनमा केही असहजता ल्याएपनि महानगरले अल्पकालीन र दीर्घकालीन दुवै समाधानका काम सँगसँगै अघि बढाएको उहाँले स्पष्ट पार्नुभएको हो ।

    लामो समयसम्म फोहोर नउठेर आलोचना खेप्नुपरेको भन्दै मेयर आचार्यले चुनावको मुखैमा फोहोर उठ्न नसक्नुको मुख्य कारण साउन–भदौसम्म पुग्ने अनुमान गरिएको अस्थायी विसर्जन केन्द्र ‘जेनजी मुभमेण्ट’ (आन्दोलन) का कारण छिट्टै भरिएको थियो । मेयर आचार्यले चुनावको समयमा नयाँ ठाउँ खोज्न र व्यवस्थापन गर्न कठिन भएपनि गत ३० गतेबाट नयाँ अस्थायी विसर्जन केन्द्र तयार गरी फोहोर उठाउन थालिएको र अब पोखरा पुरानै अवस्थामा सफा हुने उनले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘आन्दोलनमा ११८ वटा सरकारी भवनहरू डढे, भाटभटेनीलगायत निजी क्षेत्रका सयौँ ट्रक डढेका र अधकल्चा सामानहरू फोहोरको रूपमा आए, जसले गर्दा फोहोर फाल्ने ठाउँ अनुमानभन्दा धेरै छिटो भरियो ।’ दीर्घकालीन समाधानका लागि महानगरले ‘फोहोरबाट मोहोर’ को अवधारणाअन्तर्गत काम शुरु गरिसकेको छ । पोखरामा दैनिक करिव २२५ टन फोहोर उत्पादन हुने गरेको तथ्यांक प्रश्तुत गर्दै मेयर आचार्यले यसबाट साढे ७ मेगावाट बिजुली बराबरको ऊर्जा उत्पादन गर्न सकिने बताउनु भयो । यसका लागि युरोपियन प्रविधि प्रयोग गरी एलपिजी ग्यास (शुरुमा सिएनजी), कम्पोस्ट मल र निर्माणका ब्लकहरू उत्पादन गर्न अस्ट्रेलियामा रहेका गैरआवासीय नेपाली (एनआरएन) हरूको टोलीलाई गत मङ्सिर ९ गते ठेक्का दिइसकिएको छ ।

    ‘अबको ६ देखि ८ महिनाभित्रै मेसिनरी जडान गरी १ वर्षभित्रमा नेपालकै नमूना फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आउनेछ । यो टिकट काटेर हेर्नलायक बन्नेछ ।’ उहाँको दाबी छ ।

    विमानस्थलका कारण पुरानो ल्याण्डफिल साइट सार्नुपरेको बाध्यता
    यसअघि एशियाली विकास बैंक (एडिबी) को सहयोगमा १९ वर्षअघि निर्माण गरिएको अत्याधुनिक सेनेटरी ल्याण्डफिल साइट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चराहरूको जोखिम कम गर्न बन्द गर्नुपरेको थियो । सन् २०२३ जनवरी १ बाट विमानस्थल शुरु भएपछि वडा नम्बर ३२ को लामेआहालमा अस्थायी व्यवस्थापन गरिँदै आइएको थियो ।

    फोहोरमा राजनीति नगर्न आग्रह
    मेयर आचार्यले फोहोरमैलामा राजनीति नगर्न र अनावश्यक टीकाटिप्पणी नगर्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘आफ्नो घर अगाडिको फोहोर उठ्नुपर्छ भन्ने तर आफ्नो वडामा फाल्न नदिने प्रवृत्ति जतासुकै छ । शहर सफा राख्ने दायित्व हामी सबैको हो ।’

    हाल फोहोर विसर्जन भइरहेको नयाँ स्थानमा मानव स्वास्थ्य र पर्यावरणमा कुनै असर नपर्ने गरी प्राविधिक व्यवस्थापन गरिएको प्रतिवद्धतासमेत उनले जनाएका छन् । पोखरा देशकै सबैभन्दा सफा शहर भएको र यसलाई कायम राख्न महानगरका सयौँ कर्मचारी दैनिक खटिरहेको स्मरण गराउँदै उनले पोखरेलीहरूको आफैँ सडक सफा गर्ने पुरानो संस्कृतिको समेत प्रशंसा गर्नुभयो ।

    – न्युज एजेन्सी नेपाल

    शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.