काठमाडौं, चैत्र ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर भएको मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ सोमबार पनि ‘हेर्दाहेर्दै’ मा सकिएको छ। लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा आज भएको सुनुवाइ समय अभावका कारण नटुङ्गिएपछि यसलाई ‘हेर्दाहेर्दै’ मा राखिएको हो। अब बाँकी सुनुवाइ मंगलबार सोही इजलासमा हुने जनाइएको छ।




