काठमाडौं, चैत १५ । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको हो। खड्कालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अनुसन्धानका सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।




