काठमाडौं, चैत १५ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ। आइतबार ओलीकी पत्नी राधिका शाक्यले उक्त रिट दायर गरेकी हुन्।
रिटमा जाँचबुझ आयोगको प्रतिवेदन वा सुझावका आधारमा मात्रै सिधै पक्राउ गर्नु कानुनसम्मत नहुने जिकिर गरिएको छ। ओलीलाई तत्काल हिरासतमुक्त गरी स्वतन्त्र छाड्न माग गरिएको छ। ‘जेनजी’ आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा शनिबार पक्राउ परेका ओली हाल स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।
यसैबिच, सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने नेपाल प्रहरीको २ नम्बर गण (महाराजगन्ज) मा राखिएको छ। सर्वोच्चले उक्त रिट दर्ताको प्रक्रिया अघि बढाएको जनाएको छ।




