काठमाडौं, चैत १६ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अदालतबाट अनुमति पाएका पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्।
आइतबार बिहान सिआईबीद्वारा पक्राउ गरिएका खड्कालाई सोमबार बिहान महाराजगञ्जस्थित अस्पताल पुर्याइएको हो।
गत भदौ २४ को ‘जेन-जी’ आन्दोलनका क्रममा उनको घरमा आगजनी हुँदा फेला परेका शंकास्पद नगद नोटहरूका आधारमा प्रहरीले उनीमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार अनुसन्धान अघि बढाएको छ।




