• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

काठमाडौंमा रात्रिकालीन बस सेवा शुरुः विद्यार्थी र श्रमीकका लागि बिहान ४ बजेदेखि बस सेवा सञ्चालनको तयारी


  •   बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
  • काठमाडौं, वैशाख २ । काठमाडौंमा नयाँ वर्षको अवसर पारेर उपत्यकामा रात्रिकालीन बस सेवाको शुभारम्भ भएको छ ।

    Advertisement

    महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यो सेवाको शुरुवात गर्दै यसलाई निरन्तरता र विस्तार गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । हाललाई दुईवटा रुटबाट शुरु गरिएको यो सेवालाई क्रमशः अन्य रुटहरूमा पनि विस्तार गरिने डंगोलले बताउनु भयो ।

    रिङरोड र अन्य क्षेत्रमा पनि रात्री सेवाको माग भइरहेको उहाँको भनाइ थियो । रात्री सेवा मात्र नभई बिहान सबेरै काममा जाने श्रमिक र बिहान ६ बजे कलेज जाने विद्यार्थीका लागि साढे ४ देखि ५ बजे नै बस सेवा शुरु गर्ने तयारी भइरहेको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिनुभयो । यसका लागि बुढानीलकण्ठ र चन्द्रागिरी नगरपालिकाले चार्जिङ स्टेशनका लागि ठाउँ उपलब्ध गराउने प्रतिवद्धता जनाइसकेका छन् । चार्जिङ स्टेशनको व्यवस्था भएपछि बिहानको सेवा पनि प्रभावकारी हुने उहाँले बताउनु भयो ।

    विगतमा रात्रिकालीन बस सेवा असफल हुनुको मुख्य कारण ‘नाफामुखी’ (प्रफिट ओरिएन्टेड) सोच रहेको उल्लेख गर्दै डंगोलले यसपटक सेवाको प्रभावकारितालाई जोड दिइने बताउनु भयो । यो सेवालाई दिगो बनाउन काठमाडौं महानगरपालिका एक्लैले नभई उपत्यकाका सबै पालिकाहरूले अपनत्व लिनुपर्ने र वित्तीय साझेदारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रात्रीकालीन अर्थतन्त्र (नाइट इकोनोमी) र पर्यटन क्षेत्रसँग जोडिएका निजी संघसंस्थाहरूलाई पनि यसमा सहभागी गराइने उहाँले बताउनु भयो । सेवालाई दिगो बनाउन एउटा छुट्टै कोष (फण्ड) खडा गर्ने योजना समेत रहेको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘हामी अहिले नै सबै कुरामा विज्ञ भइसकेका छैनौं, त्यसैले दुई रुटबाट शुरु गरेका हौँ । तर यो कतै गएर रोकिनका लागि होइन, अझ विस्तार गर्नका लागि गरिएको शुरुवात हो । कतिपय सेवाहरू नाफा–घाटाभन्दा पनि जनमानसको जीवनलाई कति सहज बनायो भन्ने आधारमा मूल्याङ्कन हुनुपर्छ । यो वित्तीय लाभका लागि सुरु गरिएको काम हुँदै होइन ।’

    व्यवस्थित, सुरक्षित र वातावरणमैत्री यातायातको माध्यमबाट सिङ्गो काठमाडौं उपत्यकालाई अझ बढी गतिशील र सुरक्षित बनाउने लक्ष्यका साथ यो यात्रा शुरु गरिएको कार्यवाहक प्रमुख डंगोलको भनाइ छ । २०८३ साल वैशाख १ गतेदेखि उपत्यकाका मुख्य रुटहरूमा राती ११ बजेसम्म बस सेवा सञ्चालन भएको हो ।

    रात्रिकालीन समयमा काम गर्ने व्यवसायी, अस्पताल आवतजावत गर्ने यात्रु, आन्तरिक तथा बाह्य पर्यटक र आम नागरिकलाई सुरक्षित र भरपर्दो यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले यो सेवा शुरु गरिएको बताइएको छ । राती ८ बजेदेखि ११ बजेसम्म प्रत्येक २० मिनेटको अन्तरालमा बसहरू सञ्चालन हुनेछन् पहिलो चरणमा लगनखेलदेखि बुढानीलकण्ठ र नागढुङ्गा (थानकोट चेकपोस्ट) देखि एयरपोर्ट रुटमा विद्युतीय बस सेवा सञ्चालन हुनेछ । मागका आधारमा क्रमशः चक्रपथ र भक्तपुर क्षेत्रमा पनि सेवा विस्तार गरिनेछ । रात्रिकालीन यात्रालाई सुरक्षित र मर्यादित बनाउन प्रत्येक बसमा काठमाडौं महानगरपालिकाका एक–एक जना नगर प्रहरी पोशाकमा खटिनेछन् । २०८३ असार मसान्तसम्मको सञ्चालन खर्च साझा यातायात स्वयंले व्यहोर्नेछ ।

    त्यसपछि टिकट आम्दानीले खर्च धान्न नसकेको अवस्थामा सम्बन्धित नगरपालिकाहरूले बजेट विनियोजन गरी शोधभर्ना गर्ने सहमति भएको छ । यसका लागि ‘रात्रिकालीन साझा बस सञ्चालन बास्केट फण्ड’ समेत खडा गरिनेछ ।

    –न्युज एजेन्सी नेपाल

     

    बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.