काठमाडौं, वैशाख १६ । नेपाली कांग्रेसले राष्ट्रिय सभामा आफ्नो संसदीय दलको नेता परिवर्तन गरेको छ। प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमलादेवी पन्तलाई राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत गरेका हुन् ।
यसअघि उक्त जिम्मेवारी नेता कृष्णप्रसाद सिटौलाले सम्हाल्दै आएका थिए। पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र कार्यविभाजनमा हेरफेर गर्ने तयारी स्वरूप सिटौलालाई हटाएर पन्तलाई यो जिम्मेवारी दिइएको बुझिएको छ। नवनियुक्त नेता पन्त पार्टीको संस्थापन इतर (डा. शेखर कोइराला र गगन थापा) समूहको निकट मानिन्छिन्।
संसदीय दलको विधान बमोजिम सभापति थापाले पन्तलाई सो पदमा नियुक्ति गरेका हुन्। यसअघि सिटौलालाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने चर्चा भए पनि पछि उनलाई दलको नेताको जिम्मेवारी दिइएको थियो। तर, पछिल्लो राजनीतिक समीकरण र पार्टीको आन्तरिक दबाबका कारण नेतृत्वमा हेरफेर गरिएको हो।




