काठमाडौं, वैशाख २० । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज नेपाल पत्रकार महासङ्घले काठमाडौँमा ऐक्यबद्धता पदयात्रा आयोजना गरेको छ।
‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने नाराका साथ माइतीघर मण्डलाबाट सुरु भएको र्याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा पत्रकार, सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।




