धादिङ, वैशाख २४ । धादिङको चराङ्गेफेदी आसपास केन्द्रविन्दु भएर आज बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११:१४ बजे ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प रेकर्ड गरिएको हो।
केन्द्रका प्रमुख डा. लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का धादिङसहित छिमेकी जिल्लाहरू र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो। केन्द्रविन्दु चराङ्गेफेदी रहेको यस भूकम्पबाट हालसम्म कुनै पनि भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीले जानकारी दिनुभएको छ।




