भक्तपुर, वैशाख २७ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ।
बोर्डले एक सूचना जारी गर्दै नियमित तथा ग्रेड वृद्धि दुवैतर्फको परीक्षा फल विभिन्न वेबसाइट, एसएमएस र आईभीआर मार्फत हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको हो। विद्यार्थीहरूले बोर्डको आधिकारिक पोर्टलका साथै तोकिएका अन्य माध्यमहरूबाट मार्कसिटसहितको नतिजा प्राप्त गर्न सक्नेछन्। नतिजा सार्वजनिक भएलगत्तै ती माध्यमहरू सक्रिय हुने बोर्डले जनाएको छ।





