काठमाडौं, वैशाख ३० । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन्।
भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो राजीनामा बुझाएका हुन्। सरकारले यसअघि गरेका सबै राजनीतिक नियुक्तिहरू खारेज गर्ने निर्णय गरेसँगै उनले पदबाट राजीनामा दिएका हुन्।




