काठमाडौं, जेठ १४ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकहरूका लागि आकर्षक ‘गणतन्त्र दिवस अफर २०८३’ सार्वजनिक गरेको छ।
जेठ १४ गतेदेखि १६ गतेसम्म खरिद गर्न सकिने यस अफर अन्तर्गत ३० दिन समयावधि भएका ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई प्रकारका प्याकेज उपलब्ध छन्। न्यु इयर लाइट अन्तर्गत ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा पाइनेछ भने उक्त लिमिट सकिएपछि पनि २ एमबीपीएसको स्पिडमा अनलिमिटेड डाटा चलाउन सकिनेछ।
त्यसैगरी, ६९९ रुपैयाँको न्यु इयर प्रिमियम अन्तर्गत प्रतिदिन १० जीबी डाटा पाइनेछ र लिमिट सकिएपछि ३ एमबीपीएसको स्पिडमा अनलिमिटेड डाटा उपलब्ध हुनेछ। पोस्टपेड प्रयोगकर्ताको हकमा यो शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने टेलिकमले जनाएको छ। ग्राहकहरूले मोबाइलबाट *1415*11# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत यो प्याकेज सहजै खरिद गर्न सक्नेछन्।




