काठमाडौं, जेठ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। रास्वपाको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको यो उहाँको पहिलो उच्चस्तरीय भारत भ्रमण हो।
भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने तयारी छ, यद्यपि भेटको अन्तिम टुङ्गो लाग्न बाँकी छ। यसबाहेक उहाँले भाजपा अध्यक्ष नितिन नवीनसहित शीर्ष राजनीतिक नेतृत्वसँग द्विपक्षीय हितका विषयमा संवाद गर्नुहुनेछ।
श्रीमती निकिता पौडेल र दुई सांसदसहित ५ सदस्यीय टोलीमा रहनुभएका लामिछानेले दिल्लीमा नेपाली समुदायसँग अन्तर्क्रिया र अयोध्याको धार्मिक भ्रमण समेत गर्ने कार्यक्रम छ। टोली जेठ २२ गते (जुन ५) मा स्वदेश फर्किनेछ।




