काठमाडौँ, असार १५ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (सोमबार) दिउँसो १२:१५ बजे सिंहदरबारमा बस्दैछ। संसद् सचिवालयका अनुसार आजको बैठकको सम्भावित कार्यसूचीलाई अन्तिम रूप दिइसकिएको छ।
आगामी आर्थिक वर्षको बजेट तथा विनियोजन प्रक्रियाका दृष्टिले आजको बैठकलाई विशेष महत्त्वपूर्ण मानिएको छ।




