काठमाडौं, असार १६ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहनुभएका नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज (मङ्गलवार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
आजका लागि तोकिएको उक्त पेसीको सुनुवाइ न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासमा हुन लागेको हो। यसअघि असार ११ गते सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै असार १६ गते (आज) का लागि पेसी तोक्न आदेश दिएको थियो।




