काठमाडौं, असार २१ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो।
Advertisement
मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २,९०,३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २,९०,७०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी प्रतितोला १० रुपैयाँले घटेर आज ४,६०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


