काठमाडौं, असार २२ । चितवनको कालिका नगरपालिका–६ स्थित भण्डारी चोक नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ८० ट्याब्लेट र एनारगन ४ हजार २ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय दिवस न्यौपानेले आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–१४ कलंकी शान्तिमार्ग डेरा गरी बस्ने २७ वर्षीय सुरज श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय मिलिग्राम र गाँजा करिब ६२ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सिराहाको सिरहा नगरपालिका–१४ माडरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ३० मिलिग्राम सहित कर्जन्हा नगरपालिका–४ बस्ने ३२ वर्षीय दिपेश कुमार दासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले ज.१२ प ४४५४ नम्बरको मोटरसाइलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–८ सुख्खानगर बस्ने पाल्पा घर भएका २९ वर्षीय टेक बहादुर सुनारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय ४० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी सिराहाको धनगढीमाई नगरपालिका–१० धनगढी बजारबाट अवैध लागूऔषध गाँजा करिब ४५ ग्राम सहित सोही नगरपालिका–११ नैनपुर बस्ने १७ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।




