काठमाडौं, असार २६ । स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बिहीबारको तुलनामा आज सुन प्रतितोला दुई हजार ७०० रुपैयाँले बढेर दुई लाख ८७ हजार ४०० रुपैयाँ कायम भएको छ भने चाँदी पनि तोलामा १७० रुपैयाँले बढेर चार हजार ५१० रुपैयाँ पुगेको छ।
यसअघि हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी चार हजार ३४० रुपैयाँमा कारोबार भएको थियो भने गत बुधबार सुन दुई लाख ८७ हजार १०० रुपैयाँ र चाँदी चार हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।




