सिन्धुली, साउन १८ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार बिहान यात्रुवाहक बसले सडक विभागको कारलाई ठक्कर दिँदा कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको छ।
दुर्घटनामा कार चालक दिलकुमार लामा, स्काइभेटर चालक गणेश थापासहित चार जना बेपत्ता भएका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बसका चालक हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।




