काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै पार्टीका नेता–कार्यकर्ता तथा आम नागरिकका नाममा अपिल जारी गरेका छन्।
साउन २८ गते जारी वक्तव्यमा देउवाले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गर्दै नेपाली कांग्रेसले समयअनुसार सुधार, आत्मसमीक्षा र पुस्तान्तरणको प्रक्रियालाई अगाडि बढाउनुपर्ने बताएका छन्। उनले राष्ट्रिय एकता, लोकतन्त्र र संविधानको संरक्षणका लागि सबै लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।
देउवाले विगतका अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्न तयार रहेको बताउँदै राष्ट्र, लोकतन्त्र र जनताको हितमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।






