काठमाडौं, भदौ ३ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने प्रदर्शनीको शीर्ष प्रायोजक एच.पि. लुब्रिकेन्ट्स् रहेको छ।
छ दिनसम्म चल्ने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। २३ ब्राण्डका प्यासेन्जर कार, १७ ब्राण्डका लाइट कमर्सियल भेहिकल, १३ ब्राण्डका दुईपांग्रे सवारी तथा अटो पार्ट्स, टायर, लुब्रिकेन्ट्स, वित्तीय र बीमा सेवासहित विभिन्न उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछन्।
आयोजकका अनुसार प्रदर्शनीले अटोमोबाइल क्षेत्रका नवीनतम प्रविधि, उत्पादन र नवप्रवर्तनलाई एकै थलोमा प्रस्तुत गर्नेछ। कार्यक्रममा करिब दुई लाख आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।




