काठमाडौं, भदौ ४ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु ९,३०० र चाँदी प्रतितोला रु २६० ले बढेको हो।
यससँगै आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ३,१३,४०० र चाँदीको मूल्य प्रतितोला रु ४,८५५ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला रु ३,०४,१०० र चाँदी प्रतितोला रु ४,५९५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको प्रभाव स्थानीय बजारमा पनि परेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रति औँस ४,५१२ अमेरिकी डलर र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




