काठमाडौं, भदौ ४ । काठमाडौं उपत्यकाबाट विस्थापनमा परेका अर्का एक भूमिहीन सुकुम्बासीले आत्महत्या गरेका छन्।
करिब चार महिनाअघि सरकारले शान्तिनगर (गैरीगाउँ) सुकुम्बासी बस्तीमा डोजर चलाएपछि विस्थापित भई टिकाथलीमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले जीवन समाप्त गरेका हुन्।
सरकारले घर भत्काइदिएपछि २५ हजार रुपैयाँ राहत लिएर उनी परिवारसहित डेरामा बस्दै आएका थिए। मृतक नेपालीको परिवारमा श्रीमती र छोराछोरीसहित सात सदस्य रहेका छन्। विस्थापनको पीडा र आर्थिक सङ्कटका कारण उनले यो कठोर कदम उठाएको बताइएको छ।




