सप्तरी, भदौ ७ । सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चौकबाट हराएकी दुई वर्षीया बालिका खुशी खातुन घरपछाडिको झाडीमा मृत फेला परेकी छन्।
स्थानीय मोहम्मद इरफानकी छोरी खुशी आइतबार बिहानदेखि अचानक बेपत्ता भएकी थिइन्। बालिका हराएपछि परिवारका सदस्यले खोजतलास गर्दै इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए।
प्रहरी र स्थानीयको खोजी टोलीले खोजी गर्ने क्रममा घरपछाडि रहेको झाडीमा उनको शव फेला पारेको हो।
बालिकाको मृत्युको कारण भने अझै खुल्न सकेको छैन। शवलाई परीक्षणका लागि अस्पताल पठाइएको र घटनाबारे सूक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




