बारा, भदौ ९ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–६ बाट ११ वर्षीया बालिका सनाया खातुन बेपत्ता भएकी छन्।
बालिका बेपत्ता भएपछि उनकी आमा गुलाप्सा खातुनले खोजीका लागि आज (मङ्गलबार) मध्यान्ह इलाका प्रहरी कार्यालय सिमरामा निवेदन दिएकी हुन्।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टका अनुसार बालिका बेपत्ता भएको निवेदन प्राप्त हुनासाथ खोजी कार्य तीव्र पारिएको छ। प्रहरीले बालिकाको हुलियाका आधारमा सम्भावित स्थानहरूमा खोजी सुरु गरिसकेको जनाएको छ।




