दार्चुला, भदौ, १९ । चौलानी नदीमा पहिरो खस्ने क्रम जारी रहेकाले नदी आधा थुनिएको र थप पहिरोका कारण नदी पूर्णरूपमा थुनिन सक्ने जोखिम बढेको छ।
जिल्ला प्रशासन कार्यालय, दार्चुलाले सूचना जारी गर्दै चौलानी नदीको तटीय तथा तल्लो तटीय क्षेत्र र आसपास बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नदीमा थप पहिरो खस्दा पानीको बहाव अवरुद्ध भई एक्कासि पानीको सतह बढ्न सक्ने सम्भावना रहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन प्रशासनले अनुरोध गरेको छ।
प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासीलाई आवश्यक सावधानी अपनाउन तथा सम्बन्धित निकायले जारी गर्ने थप सूचना र निर्देशन पालना गर्न आग्रह गरेको छ।




