काठमाडौं, भदौ २१ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार १०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आइतबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँ मा कारोबार भइरहेको छ। शुक्रबार भने सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेर ३ लाख ७ हजार ४०० रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला ४० रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँ मा कारोबार भइरहेको छ। शुक्रबार यसको मूल्य प्रतितोला ४ हजार ७६५ रुपैयाँ थियो।




