काठमाडौं, भदौ २४ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले नयाँ सरकार र गृहमन्त्री सुदन गुरुङको नियुक्तिप्रति कडा कटाक्ष गर्दै प्रतिशोधको राजनीति भइरहेको आरोप लगाएकी छन्। ‘स्मृतिमा बालकोट घर: सपनाको भग्नावशेष’ पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीको नियुक्ति लगत्तै ओलीलाई गिरफ्तार गर्ने योजना बनेको दाबी गरिन्।
शाक्यले भनिन्: “खरानी ग्याङको ग्याङले सम्मानको अर्थ नबुझ्नु पनि स्वाभाविकै हो। उनीहरूलाई सम्मान भनेको के हो भन्ने सायद थाहा छैन। दिउँसो सुदन गुरुङ भन्ने गृहमन्त्रीमा नियुक्त भयो रे भन्ने कुरा सुन्नासाथ मैले त शंका गरेको थिएँ, अब तुरुन्तै यिनीहरूले केपी सरलाई गिरफ्तार गर्छन् भनेर।”
उनका अनुसार गृहमन्त्री नियुक्तिको लगत्तै रातको समयमा बालकोट क्षेत्र घेराबन्दी गरी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो, जसले सरकारको पूर्वाग्रह र राजनीतिक चरित्र उदाङ्गो पारेको छ।




