• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

अलैँचीबाट आत्मनिर्भर बन्दै माछापुच्छ्रे« गाउँपालिका


  •   सोमबार, मङि्सर ०५, २०७९ मा प्रकाशित
  • पोखरा ५ मङ्सिर 

    Advertisement

    कृषिका लागि निकै उर्बर मानिने कास्कीको माछापुच्छ्र«े गाउँपालिकाका किसान अहिले अलैँचीमा आत्मनिर्भर हुँदैछन् । नगदेबाली अलैँचीखेतीले राम्रो प्रतिफल दिन थालेपछि यसतर्फ स्थानीयको आकर्षण बढेको हो ।

    माछापुच्छ्रे«–८ कोलेलीका कृषक नरेशराज लामिछानेले करिब ७० रोपनी जग्गामा व्यावसायिकरुपमा अलैँची खेती गर्न थाल्नुभएको छ । ज्योति अर्गानिक कृषि फर्मका सञ्चालकसमेत रहनुभएका लामिछाने भन्नुहुन्छ, “अन्य बालीभन्दा अलैँचीबाट राम्रो मुनाफा भएपछि यसतर्फ ध्यान जान थाल्यो ।” उहाँले सेपिलो बाँझो जग्गामा अलैँचीखेती हुनेहुँदा खेर गएको जग्गाको उपयोग भएको बताउनुभयो ।

    स्थानीय किसानले २०५०÷५१ सालतिर अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मार्फत इलाम र ताप्लेजुङ भ्रमणमा गएको बेला त्यहाँबाट अलैँचीको रामसाइँ र गोलसाइँ जातका केही बेर्ना ल्याएर रोपेका थिए । यसले राम्रो उत्पादन दिएपछि स्थानीयवासी अलैँचीको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका हुन् । त्यतिबेला रोपेको अलैँचीको बेर्नाले अहिलेसम्म पनि फल दिइरहेको छ । एकचोटीको लगानी र मेहनतको प्रतिफल लामो समयसमम पाइने भएकाले पनि किसानको रोजाइमा पर्दै गएको उहाँ बताउनुहुन्छ ।

    लामिछानका अनुसार पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अलैँची क्षेत्र कार्यक्रममार्फत अनुदान प्राप्त हुन थालेपछि यस क्षेत्रका किसानको रुची अझ बढेको हो । परियोजनाको अनुदानमा उक्त क्षेत्रमा ११ वटा अलैँची सुकाउने आधुनिक भट्टी पनि निर्माण गरिएको छ ।

    त्यसैगरी पोखरा–२५ हेम्जाका भुवनेश्वर पौडेलले पनि अहिले माछापुच्छ्रे« गाउँपालिका–६ धिताल गाउँमा व्यावसायिक अलैँची खेती सुरु गर्नुभएको छ । सरकारी सेवाबाट अवकास लिएपछि कृषि कर्ममा लाग्नुभएका पौडेल अहिले अलैँची खेतीबाट निकै उत्साहित हुनुहुन्छ । माछापुच्छ्रे एग्रो सेन्टर प्रालिका अध्यक्षसमेत रहनुभएका पौडेलले सुरुमा परीक्षणका लागि करिब सात रोपनी क्षेत्रफलमा मात्र अलैँची लगाएको र उत्पादन राम्रो भएपछि क्षेत्र विस्तार गरेर व्यावसायिक खेती गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “लगाएको दुई वर्षमा नै एक क्विन्टल बढी अलैँची उत्पादन भयो, यसले हामीलाई उत्साहित बनायो ।”

    विसं २०७५ मा करिब एक सय ६० रोपनी जग्गा खरिद गरी कृषि कर्मको बाटोमा लाग्नु भएका पौडेलले ६० रोपनी क्षेत्रफलमा अलैँची खेती गर्नुभएको छ । उहाँले अहिले क्षेत्र विस्तार गरेर थप एक लाख अलैँचीका बेर्ना रोप्नु भएको छ । यसबाहेक कालिज, स्थानीय जातका कुखरा, एभोगाडो, जापानिज कडुस पनि उहाँको फर्ममा देख्न सकिन्छ ।

    माछापुच्छे« मर्दी खोला अलँैची ब्लक क्षेत्र सञ्चालक समितिका अध्यक्ष दिपक पौडेलले उत्पादित अलैँची ब्लकको समन्वयमा बिर्तामोड केन्द्रमा लगेर बिक्री गरिने बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको वडा नं २, ६, ७, ८ र ९ का स्थानीयवासीले व्यावसायिकरुपमै अलैँची खेती गरेका छन् भने बाँकी वडाका किसानले पनि चासो राख्न थालेका छन् ।

    यस्तै मादी गाउँपालिकाको वडाहरु १,२,३, ८, १० र ११, अन्नपूर्ण गाउँपालिकाको वडा १, ३,४, ७, १० र ११ तथा पोखरा महानगरपालिकाको वडा नं १६ र १९ मा अलैँची क्षेत्रसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ ।

    अहिले गाउँपालिकाबाट मात्रै करिब २५ हजार केजी उत्पादन भएको छ । गाउँपालिकाले अलैँचीबाट वार्षिक रु दुई करोड ५० लाख भित्र्याएको पौडेलले बताउनुभयो । गाउँपालिकाका केही वडा अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भएकाले वन क्षेत्रमा रुखका हाँगाबिँगा छिमल्दा पनि संरक्षण क्षेत्रबाट समस्या हुने गरेको किसानहरुको गुनासो छ । अलैँची क्षेत्रलाई ध्यान दिएर एक्यापले सहजीकरण गर्नुपर्नेे उहाँको भनाइ छ ।

    अलैँचीले रोपेको तीन वर्षबाट उत्पादन दिन थाल्छ । अघिल्लो वर्ष रु ११ सय प्रतिकेजीमा बिक्री भएको अलैँची अहिले केही मूल्य घटेकाले उचित मूल्यको पर्खाइमा किसान रहेका छन् । भारतीय व्यापारीले अलैँचीको मूल्य निर्धारण गर्ने र त्यसै आधारमा खरीद बिक्री हुने हुँदा मूल्य घटबढ भइरहने हुन्छ ।

    पछिल्लो समय नेपालबाट निर्यात हुने वस्तुमा अलैंँची पनि पर्न थालेको छ । विदेशबाट ठूलो मात्रामा ल्वाङ, सुकमेलजस्ता मसलाजन्य सामग्री आयात गर्छ । यस भेगमा उत्पादन हुने अलैँचीलाई पनि निर्यात गर्न सके विदेशी मुद्रा आर्जन गर्न सहज हुने गाउँपालिका–८ का अध्यक्ष रामबहादुर गुरुङ बताउनुहुन्छ । गाउँलाई कृषिमै आत्मनिर्भर बनाउन ज्ञान केन्द्र र गाउँपालिकाको सहयोगमा वडाका किसानलाई आलुको विऊ पनि निःशुल्क वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परियोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख वरिष्ठ कृषि अधिकृत रोशन अधिकारी कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण र मादी गाउँपालिका विभिन्न वडामा अलैँची खेतीलाई अनुदान दिइएको र त्यसको प्रतिफल पनि राम्रो पाइएको बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, “माछापुच्छ्रे« गाउँपालिमा अलैँचीको व्यावसायिक खेती निकै राम्रो छ, किसानले उत्साहित रुपमा व्यक्तिगत र समूहमा गरेर अलैँची खेती गरेका छन् ।” उहाँले क्रमशः अलैँची खेतीको क्षेत्र विस्तार भएकाले आगामी दिनमा उत्पादन बढ्ने र गाउँ अलैँचीबाटै आत्मनिर्भर हुने अवस्थामा रहेको उल्लेख गर्नुभयो ।

    उहाँका अनुसार अनुदानबाट सिँचाइ र अलैँची सुकाउने आधुनिक भट्टी निर्माणमा ८५ प्रतिशत अनुदान उपलब्ध गराइएको छ भने क्षेत्र विस्तार कार्यक्रम, चक्लाबन्दी, उपकरण, नर्सरी, अलैँचीको बेर्नालगायतमा ५० प्रतिशत अनुदान दिने गरिएको छ ।

    सोमबार, मङि्सर ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.