चितवन, ७ मंसिर ।
चितवनको क्षेत्र नम्बर ३ मा अहिले मतगणना चलिरहेको छ । प्राप्त पछिल्लो मतगणना परिणामअनुसार चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डे सबैभन्दा अगाडि देखिएका छन् ।
प्राप्त पछिल्लो मतगणना परिणामअनुसार राप्रपाका पाण्डेले १३ हजार ३३४ मतका साथ अग्रता हासिल गरेका छन् । उनलाई नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले ७ हजार ५५८ मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा ७ हजार ३६२ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराल रहेकी छन् । नेपाली काँग्रेसबाट बागी भई स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइराला ४ हजार ६९७ मतका साथ चौथो स्थानमा छन् ।




