• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • १०. संघीय संसद्को बैठक बस्दै

कर्णालीमा सत्ता गठबन्धनको ‘क्लिनस्वीप’


  •   शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
  • कर्णाली, १० मङ्सिर ।

    Advertisement

    कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई÷दुई निर्वाचन र अन्य आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम छन् । सबै क्षेत्रको निर्वाचन प्रक्रिया अन्तर्गत मतगणना सम्पन्न भइसकेको छ ।

    मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा देशैभरि झँै कर्णालीमा लोकतान्त्रिक वाम–गठबन्धन र नेकपा एमालेबीच नै प्रतिस्पर्धा भयो । यो चुनावमा केहि जिल्लामा राप्रपाले आफ्नो विगत फर्काउन सफल भयो ।

    पाँच वर्षअघि विसं २०७४ मा नेकपा एमाले र माओवादी केन्द्र बिचको तालमेल भएको थियो । निर्वाचनमा एमाले र माओवादीको तालमेलका कारण कर्णालीका निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस ‘क्लिस्वीप’ भएको थियो । तत्कालिन अवस्थामा प्रदेशसभामा हालका मुख्यमन्त्री जीवबहादुर शाही मात्र प्रत्यक्षबाट निर्वाचित हुनुभएको थियो ।

    प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गतेको नतिजा भने विगतकै जस्तो तर ठिक उल्टो आएको छ । यसपटकको निर्वाचनबाट पाँच वर्षअघि माओवादी केन्द्रसँग तालमेल गरेको एमाले सिङ्गो कर्णालीबाट ‘क्लिस्वीप’ हुँदा कांग्रेस भने माथि उठेको छ । माओवादी केन्द्रले जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट र रुकुमपश्चिम जितेको छ ।

    नेपाली कांगे्रसले मुगु, दैलेख क्षेत्र नं २ र सुर्खेत क्षेत्र नं १ र २ मा विजय हासिल गरिसकेको छ । नेकपा ९एकीकृत समाजवादी० लिएको डोल्पा, दैलेख क्षेत्र नं १ र सल्यानमा आफ्नो जित हात पारिसकेको छ । एमालेले भने कर्णालीका १० जिल्लामा रहेका १२ निर्वाचन क्षेत्र मध्ये कतै पनि जीत हात पार्न नसक्दा शून्यमा झर्नुपरेको छ ।

    जुम्लामा राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले २२ हजार आठ सय १९ मत प्राप्त गर्दा गठबन्धन दलका उम्मेदवार गोमा गौतम ९कुँवर०ले ११ हजार नौ सय ५९ मत प्राप्त गर्नुभयो । यहाँ गठबन्धनको पराजय भएको छ । यसअघि नेकपा ९माओवादी केन्द्र०का गजेन्द्रबहादुर महत सांसदमा निर्वाचित हुनुभएको थियो ।

    सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी हुनुभएको छ । खड्काले ४२ हजार छ सय सात मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवबहादुर शाहीले ३० हजार नौ सय ८८ मत प्राप्त गर्नुभयो । उहाँले ०७४ को चुनावमा खड्कालाई पराजित गर्नुभएको थियो ।

    सुर्खेत क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता हृदयराम थानीले नेकपा एमालेका अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतान्तरले पछि पार्दै ३४ हजार छ सय २५ मतले विजयी हुनुभयो ।

    जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा शक्तिबहादुर बस्नेतले ३४ हजार एक सय ५१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी निरजप्रसाद आचार्यले २५ हजार एक सय २० मत प्राप्त गर्नुभयो । बस्नेत चौथो पटक संंसद् प्रवेश गर्दै हुनुहन्छ ।

    रुकुमपश्चिममा नेकपा माओवादीका जनार्दन शर्माले ३९ हजार पाँच सय ४९ मत ल्याउँदा नेकपा एमालेका नन्दराम देवकोटाले १२ हजार नौ सय ६१ मत ल्याएर पराजित हुनुभयो । विसं २०६४ देखि शर्माले पनि निरन्तर संसद्मा प्रवेश गर्दै आउनुभएको छ ।

    सल्यानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा ९एकीकृत समाजवादी०का प्रकाश ज्वालाले ३५ हजार सात सय मत ल्याएर विजयी हुनुभयो ।

    त्यस्तै, दैलेख क्षेत्र नं १ बाट गठबन्धनका साझा उम्मेदवार अम्मरबहादुर थापाले १८ हजार दुई सय ५६ मत ल्याउँए बिजयी हुनुभयो । त्यस्तै दैलेख क्षेत्र नं २ मा गठबन्धनकै साझा उम्मेदवार नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले २० हजार एक सय ५८ मत ल्याएर विजयी हुनुभयो ।

    नेकपा एमालेको गढ मानिएको दैलखका दुवै क्षेत्रको विरासत यसपटकको लोकतान्त्रिक वाम–गठबन्धनले तोडिदिएको छ ।

    कालीकोटमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले २४ हजार चार सय ७४ मत प्राप्त गरी विजयी हुनुभयो । विसं २०७० यताका सबै निर्वाचनबाट शाही निर्वाचित हुँदै आउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नगिन्द्र शाहीले १६ हजार ४१० मत प्राप्त ल्याएर पराजित हुनुभयो ।

    डोल्पा गठबन्धनका साझा उम्मेदवार धनबहादुर बुढाले ११ हजार दुई सय ९२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका गणेशबहादुर शाहीले पाँच हजार पाँच सय पाँच मत प्राप्त गरी पराजित हुनुभयो । बुढा पनि २०७० को संविधानसभा निर्वाचनदेखि सांसदमा लगातार निर्वाचित हुनुभएको छ ।

    हुम्लामा गठबन्धन दलका साझा उम्मेदवार नेकपा ९माओवादी केन्द्र०का छिरिङ डम्डुल लामा विजयी हुनुभएको छ । रावलले नौ हजार पाँच सय १६ मत ल्याउनुभएको थियो ।

    मुगुमा नेपाली कांग्रेसका ऐनबहादुर शाहीले नेकपा एमालेका राजबहादुर कार्कीलाई तीन हजार नौ सय ९४ मतान्तरले पछि पार्दै १४ हजार सात सय दुई मत ल्याएर विजयी हुनुभएको छ । कार्कीले भने १० हजार सात सय आठ मत प्राप्त गर्नुभयो ।

    नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ९प्रभाकर०ले कर्णालीका अग्रगामी जनताको मतले अपेक्षित परिणाम प्राप्त भएको जनाउनुभयो । नेकपा एमाले सुर्खेत क्षेत्र नं २ प्रदेश ९१० बाट निर्वाचित प्रदेशसभा सदस्य यामलाल कँडेलले गठबन्धनका नाममा एमालेमाथिको घेराबन्दीले कर्णालीमा एमालेका लागि अनपेक्षित नतिजा आएको प्रतिक्रिया दिनुभयो ।

    एमालेभित्रको विभाजन र लोकतान्त्रिक वाम–गठबन्धनका कारण कर्णालीमा एमाले शून्य भएको राजनीतिक विश्लेषक पिताम्बर ढकाल बताउनुहुन्छ । निर्वाचन आयोग नेपालको सार्वजनिक तथ्याङ्क अनुसार हाल कर्णालीका १० जिल्लाको १० लाख ८५ हजार चार सय तीन मतदाता सङ्ख्यामध्ये छ लाख ६२ हजार ९५ ९६१ प्रतिशत०ले मतदान गरेका थिए । रासस

    शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.