पोखरा, २८ मंसिर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले अबको एक महिनाभित्रै सरकार गठन हुने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने दावी गरेका छन् । बुधबार पोखरामा केन्द्रीय सदस्य र प्रदेश कमिटीका पदाधिकारीसँगको बैठकमा बोल्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
माओवादीले २५ सिटमा जित हासिल गर्नुपर्ने भएपनि कांग्रेस पूर्णरूपमा इमान्दार नहुदाँ कम सिट प्राप्त गरेको प्रचण्डको भनाइ छ ।
प्रचण्ड कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नागडाँडास्थित महेन्द्र आधारभूत विद्यालयको कार्यक्रममा सहभागी हुन आएका थिए । ‘हामीले जति इमान्दारिता देखायौँ, कांग्रेसले पूर्ण रूपमा इमानदारिता देखाउन सकेन’, प्रचण्डको भनाइलाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने । उनले गण्डकी प्रदेशको माओवादीले पाउनपर्ने माग गठबन्धनमा राखेको बताएका छन् ।




