चितवन, २ पुस ।
सामाजिक सञ्जालमा एउटा समूह लोकप्रिय छ, एमआरआर । मेन्स रुम रिलोडेड (एमआरआर) सामाजिक तथा परोपकारी सेवामा सक्रिय छ । यो समूहमा युवाहरूको जमघट र छलफल चलिरहन्छ ।
यसै समूहमा आवद्ध चितवन र नवलपरासीका युवाहरूले शनिबार वनभोज कार्यक्रम आयोजना गरेका छन् । वनभोजमा ७९ जना युवाहरू सहभागी भएको वनभोज कार्यक्रम संयोजक अञ्जित श्रेष्ठले बताए ।
नारायणी र राप्ती नदीको संगमस्थल गोलाघाटमा आयोजना गरिएको कार्यक्रममा सहभागी युवाहरूले विभिन्न खेलहरू खेलेर मनोरञ्जन गरेका थिए । कार्यक्रममा मैत्रीपुर्ण तातोआलु, म्युजिकल चियर, फुटबल, क्रिकेट, घैंटो फुटाइ र बेलुन फुटाइ खेल खेलिनुका साथै नाचगान पनि गरिएको थियो । यो समूहले सामाजिक र परोपकारका क्षेत्रमा पनि निरन्तररूपमा काम गरिरहेको कार्यक्रम संयोजक केदार शर्माले बताए ।




